टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह

काठमाडौँ– काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष कार्यक्रमका साथ ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षीय जहानियाँ शासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको बलमा राणा शाहीले घुँडा टेक्न पुगेको दिन २००७ साल फागुन ७ गतेको स्मरणमा यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा मूलसमारोह…

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाण्डाै – सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिइन्छ । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन शुरु हुन लागेको हो । अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा…

राष्ट्रिय सभाकाे १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी

काठमाण्डाै – राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी…

त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन् ।  सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार…

राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि लागू हुने

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य चुनावका लागि भरे राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति निकालेर भरे रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला–गोष्ठीलगायतका काम गर्न नपाइने…

प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँ युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औँ शिखर सम्मेलनमा भाग लिएर बिहान स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगान्डा…

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

धनगढी  – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित हुनुभएको छ। टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उहाँ निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ…

आज राष्ट्रिय सभा उम्मेदवारको नामावली प्रकाशित हुने

काठमाण्डाै – आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्य चुनाव लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । उम्मेदवारमाथिको उजुरी जाँचबुझ सकेर आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको…

राष्ट्रिय सभा चुनाव : १९ वटा सिटका लागि ५२ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य चुनावका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १९ सदस्यका लागि माघ ११ गते हुने चुनावमा सात वटै प्रदेशमा गरी ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।  उम्मेदवारी दर्ता गराउनेमा…

स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार स्वदेश फिर्ता भएका छन्। उनी शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका…