आज यी ठाउँमा चार घण्टा बिजुली नआउने

काठमाण्डाै – आज शनिवार काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । टेकुमा रहेको सबस्टेशनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाण्डौका विभिन्न ठाउँमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।…

पेट्राेल, डिजेलकाे भाउ लिटरमा ३ रुपैयाँले घट्याे

काठमाण्डाै – नेपाल आयल निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य गएरातीदेखि लागू भएको छ । निगमले हिजो बेलुका राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ…

सरकारले तोक्यो हड्ताल गर्न नपाइने २५ क्षेत्र

काठमाण्डाै – सरकारको निर्णयअनुसार अब विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने भएको छ । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित गरिएको हो । हडताल गर्न नपाइने आवश्यक सेवामा डाँक,…

महानगर दिवसको अवसरमा सन्दुक रुइतसहित विशिष्ट व्यक्तित्व सम्मानित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले समाजमा विशिष्ट योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगरपालिकाले राजधानीको सैनिक मञ्चमा विशेष समारोह गरी वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतदेखि कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकार लगायतलाई पुरस्कृत गरेको हो । यसरी…

बाराको सिम्रौनगढमा तनाव : प्रहरीको गोलीबाट एक जनाको मृत्यु, १० जना प्रहरी घाइते

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।…

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको…

फूटपाथमा पसल राख्न दिनु पर्ने मागको विरोधमा स्थानीयको प्रदर्शन

ललितपुर – ललितपुरको मंगलबजारदेखि लगनखेलसम्मको फूटपाथमा पसल राख्न नदिने ललितपुर महानगरपालिकाको निर्णयको पक्ष र विपक्षमा पुल्चोकमा रहेको महानगरपालिका भवन अगाडि  प्रदर्शन भएको छ। फूटपाथमा व्यापार गर्न दिनु पर्नेमाग सहित प्रदर्शन गर्न आएका  सामाजिक अभियन्ता ईको विरोधमा ललितपुरका स्थानीयले फूटपाथमा पसल…

पशुपतिमा देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख

काठमाण्डाै –  पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने गरिन्छ…

‘छंगु ई’ (तिम्रो समय) म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

कीर्तिपुरका खेलाडीका साथै संगीतकर्मी भुवन महर्जनको लेखन, लय र आवाजमा घन्किएको नेपालभाषाको बालगीत ‘छंगु ई’ (तिम्रो समय) सोमबार कीर्तिपुर, पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा लोकार्पण भएको छ । ‘छंगु ई’ बालगीतको म्यूजिक भिडियो लोकार्पण कार्यक्रममा बागमती प्रदेशको पर्यटन, संस्कृति, उद्योग र…

मंसिर २८ देखि काठमाडौंमा २० औँ हस्तकला व्यापार मेला हुँदै

मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौंको अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको हो । सोमबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अन्तर्राष्ट्रिय…