त्रिशूलीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ- नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

त्रिशूली बजार नजिकको स्थानमा रुखमा चढेर बसेका ती व्यक्तिहरूलाई नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकप्टरले उद्धार गरेको हो।

उद्धार पछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको जानकारी नेपाली सेनाले जनाएको छ।