काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले साङ्केतिक विरोध जनाएका छन् । सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।
उनले घिसिङलाई हटाइएसँगै लोडसेडिङ हुनसक्नेतर्फ सङ्केत गर्दै बिजुली बत्ती निभाएको बुझ्न सकिन्छ ।सहकारी ठगीको मुद्दा खेपिरहेका लामिछाने करिब पाँच महिनापछि फेसबुकमा फर्किएका हुन् ।
सरकारले सोमबार प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी तोकेको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।
विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई बर्खास्त गर्ने निर्णयको सत्ता गठबन्धनभित्रै निन्दा भएको छ । यस्तै प्रमुख प्रतिपक्षीले उक्त निर्णयप्रति विरोध जनाएको छ ।
