काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ। तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो। पछि हवाई फायर गरेको हो।
राजा फर्काउने आन्दोलनमा संलग्न प्रदर्शनकारीहरूले स्थानीय व्यक्तिका घरमा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले घरभित्रका कुर्सी र कागजपत्र निकालेर आगो लगाएका हुन्।
तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।
त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको छ ।
