आज बुद्ध एयरको जहाजमा उडिरहेको अवस्थामा प्राविधिक समस्याका कारण आकस्मिक रूपमा फिर्ता अवतरण गरिएको छ। उक्त घटनाको पुस्टि रास्वोपामा नेता बिराज भक्त श्रेष्ठले सुदूरपश्चिमका लागि उडेको जहाज फिर्ता अवतरण गर्नुपर्यो भन्दै सामाजिक संजालमा पोस्ट गरेको छ। पार्टीको आन्तरिक कामको लागि माननीय बिराज भक्त र माननीय हरी ढकाल सुदूरपश्चिमका लागि उडेको थियो।
यस घटना पछि न्युज नेपा:संग कुरा गर्दै माननीय बिराज भक्तले आफु लगायत बिमानका सबै यात्री सुरक्षित भएको जानकारी दिनु भयो।
हवाई यातायातलाई यात्राका लागि सबैभन्दा सुरक्षित र भरपर्दो साधनका रूपमा लिइन्छ । आज संसारमा हरेक दिन हजारौँ किलो भारवहन क्षमताका जहाज घण्टौँ समय लगाएर हजारौँ माइलको दुरी पार गर्दै सुरक्षित रूपमा ओहोरदोहोर गर्दै आइरहेका छन् । पछिल्लो समय नेपालको अन्तरिक हवाई यात्रा जोखिम बढेको हेर्न सकिन्छ।
