नेपाल संबत नव वर्ष राष्ट्रिय समारोह समितिले प्रत्येक वर्ष नयाँ वर्षका दिन काठमाण्डौं बसन्पुरमा हुने भिन्तुना सभा (शुभकामना सभा)मा प्रदान गरिने नेपाल संबत सिरपाः (पुरस्कार) यस वर्ष स्वर्गीय देवदास मानन्धरलाई प्रदान गरिने भएको छ ।
स्वर्गीय मानन्धरले नेपाल सम्बत आन्दोलनमा पुर्याउनु भएको योगदानको स्मरण गरी उक्त पुरस्कार प्रदान गरिने जानकारी नव वर्ष समारोह समितिले दिएको छ ।
स्वर्गीय मानन्धरले आफ्नो जीवनभर नेपालभाषा, नेवार क्षेत्रका साथै नेपाल संबतको आन्दोलनमा आफूलाई समर्पन गर्नुभएको थियो ।
नव वर्ष समारोह समितिले प्रत्येक वर्ष प्रकाशन गरिने क्यालेन्डर स्वर्गीय मानन्धरले प्रकाशन परम्परा सुरु गर्नुभएको हो भने उक्त क्यालेन्डर मार्फत नेपाल संबतलाई ब्यवहारमा प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणका रुपमा प्रकाशन गर्दै आएरहेको छ ।
