अनुशासनहीन सांसदलाई फिर्ता बोलाउने सभापति लामिछानेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका जनप्रतिनिधिहरूका लागि कडा अनुशासनको रेखा कोर्नुभएको छ। हालै सम्पन्न पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसदहरूले मर्यादा र अनुशासन उल्लङ्घन गरेमा उनीहरूलाई पदबाट फिर्ता बोलाउन (रिकल गर्न) पार्टी पछि नहट्ने स्पष्ट पार्नुभयो। रास्वपाको…

मध्यपूर्वमा तनाव चर्किँदै : असर विश्वभर फैलिने सङ्केत

मध्यपूर्वमा जारी द्वन्द्वले अब क्षेत्रीय सिमाना नाघेर विश्वव्यापी संकटको रूप लिने देखिएको छ। इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य टकरावले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षामा गम्भीर चुनौती थपेको छ। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ…

रोजिना प्रधान राई उपाध्यक्षमा चयन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा रोजिना प्रधान राई चयन हुनुभएको छ। उहाँको यस गरिमामय पदमा भएको आगमनले संस्थाभित्र महिला नेतृत्वको गरिमा बढाउनुका साथै एक समावेशी र गतिशील कार्यदिशा तय गर्ने विश्वास गरिएको छ। विगत लामो समयदेखिको…

आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ ।

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास गरिन्छ । यही विश्वासमा…

एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मलेसिया फुटबल सङ्घलाई अयोग्य खेलाडी मैदानमा उतारेको अभियोगमा कारबाही गरेपछि नेपालको खातामा तीन अङ्क थपिएको छ। एएफसी एसियन कप २०२७ को छनोट खेलअन्तर्गत मलेसियाले नेपाल र भियतनामविरुद्ध नियम उल्लङ्घन गरेको पुष्टि भएको हो। यसअघि मलेसियासँग…

आज सुनचाँदीको भाउ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। हिजोको तुलनामा सुन प्रति तोला २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य…

कारेन शाक्यको “चुलबुल चञ्चल बोला” बजारमा

नेपालभाषालाई नयाँ पुस्तामाझ प्रवर्द्धन गर्ने उद्देश्यले जापानमा बस्दै आएका सुनिल कुमार शाक्यले आफ्नी छोरी कारेन शाक्यलाई नेवारी गीतमार्फत अघि बढाएका छन्। यसै क्रममा कारेनको स्वरमा रहेको “चुलबुल चञ्चल बोला” बोलको गीतको म्युजिक भिडियो हालै कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर गरिएको छ। जनकवि…

आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न…

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अङ्कको वृद्धि देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अङ्कको वृद्धि देखिएको छ। नेप्से परिसूचक १३.५१ अङ्कले बढेर २,८१२.३४ बिन्दुमा पुगेर थामिएको हो। आज दिनभरिको कारोबारमा ३४० कम्पनीको ३ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर खरिद-बिक्री हुँदा कुल १२ अर्ब ३ करोड…

नेपाल आयल निगमले काठमाण्डौ उपत्यकामा आज २८ हजार ८४२ वटा खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गर्दैछ।

नेपाल आयल निगमले काठमाण्डौ उपत्यकामा आज २८ हजार ८४२ वटा खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गर्दैछ। मध्यपूर्वमा देखिएको तनावका कारण ग्यास अभाव हुन सक्ने त्रासले उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सञ्चय गरेपछि बजारमा वितरण प्रक्रिया असहज बनेको हो। यसै समस्यालाई मध्यनजर…