Blog

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

काठमाडौं। रियल मड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुनियरलाई अनुबन्ध गर्न इङ्लिस क्लब आर्सनल इच्छुक देखिएको छ। तर, उनको सम्भावित स्थानान्तरणबारे अहिले प्रारम्भिक चरणमा मात्र छलफल भइरहेको स्रोतलाई उद्धृत गर्दै ईएसपीएनले जनाएको छ। २६ वर्षीय भिनिसियसको रियलसँगको सम्झौता अब एक वर्ष मात्र…

मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ

झापा- लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन् । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई…

मनसुन कमजोर बन्दै, भारी वर्षा केही स्थानमा मात्र सीमित हुने

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा…

उपत्यकाव्यापी ख्यालः प्रतियोगिताका लागि छान्यो ८ उत्कृष्ट ख्यालः भदौ २७ र २८ गते प्रतिस्पर्धा हुने

काठमाडौं — नेपालभाषाको मौलिक प्रहसन तथा नाट्य विधा ‘ख्यालः’ को संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित मुनाः स संस्थाले आयोजना गर्न लागेको उपत्यकाव्यापी ख्यालः प्रतियोगिताका लागि ११ वटा ख्यालः बाट ८ वटा छनोट भएका छन् । नेपालभाषा मंकाः खलःको…

जनप्रतिनिधि, प्रहरी र स्थानीयको सहकार्यमा जनसेवा भवन पुनःनिर्माण तीव्र

पहिलो सम्पदा मैत्री स्वरुपको जनस्तर बाट बन्दै गरेको जनसेवा प्रहरी वृतको भवन पुनःनिर्माण कार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। सम्पदा–मैत्री तथा कलात्मक स्वरूपमा निर्माण भइरहेको भवनको भुइँतल्लामाथि पहिलो तल्लाको ढलान सफलतापूर्वक सम्पन्न भएको हो । स्थानीय वडा नं. ११, १७,…

साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा

काठमाडौं- हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौंमा दीपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ। गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका–२७ स्थित महाबौद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रमको तयारीका लागि आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता…

गुगललाई डेढ खर्ब रुपैयाँभन्दा धेरै जरिवाना

युरोपेली सङ्घ (ईयू) ले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई ८९ करोड युरो अर्थात् डेढ खर्ब रुपैयाँभन्दा धेरै जरिवाना गरेको छ । प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरुपयोग गरेको आरोपमा ईयूले जरिवाना तिराएको हो ।…

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता पार्टीबीच शुक्रबार दिल्लीमा वार्ता भएको छ । दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा आयोजना गरिएको वार्ता दिउँसो १२:४० बजेदेखि २:२० बजेसम्म चलेको थियो । वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र…

धनुषामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गर्‍यो हवाई फायर

जनकपुरधाम – धनुषामा प्रहरीले हवाई फायर गरी दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो जिल्लाको मिथिला नगरपालिका–६ मा हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ…