रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

ललितपुर – वर्षा, सहकाल तथा करुणाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको छ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पुजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याएपछि मच्छिन्द्रबहालमा विशेष पुजा गरी बेलुकी पुल्चोकमा निमार्णाधिन रथमा मूर्तिलाई…

लुभुमा आजदेखि महालक्ष्मी महाभैरव जात्रा

ललितपुर – ललितपुरको लुभुमा आजदेखि महालक्ष्मी महाभैरव जात्रा सुरु हुँदैछ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगर परिक्रमा गराउने चलन छ । महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव…

आज अक्षय तृतीया

काठमाडौँ– आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।…

जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनको सार्वजनिक शौचालय सञ्चालनमा

ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरि जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। अत्याधुनिक शौचालय निर्माणको क्षेत्रमा आफ्नो पहिचान बनाएको एरोसान सस्टेनेवल स्यानिटेशनले ललितपुर महानगरपालिका सँग सहकार्य गरी वातावरणमैत्री, महिलामैत्री शौचालयको निर्माण गरिएको हो…

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ। आमालाई मीठामीठा खानेकुरा खान दिएर श्रद्धा भक्तिका साथ यो पर्व मनाइन्छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने…

डब्ल्यूडिवि प्रशारणको एक हजार श्रृखंला पुगेको अवसरमा विशेष कार्यक्रम

विश्वभर छरिएर रहेका नेवार समुदायलाई एकताबद्ध गर्ने उद्धेश्य सहित स्थापना भएको वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्यूएनओ) ले दैनिक रूपमा फेसबुक तथा जुममार्फत डब्ल्यूडिवि प्रशारण गर्दै आएको छ ।  डब्ल्यूडिवि प्रशारणको एक हजार श्रृखंला पुगेको अवसरमा गएको मंगलबार विशेष कार्यक्रम आयोजना गरिएको…

बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोगमा

काठमाडौं – आजदेखि बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोग गरिने भएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने निर्णय यसअघि नै गरिसकेको छ । यसै सन्दर्भमा आज प्रदेशभर…

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाण्डाै – बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१।०१।१२ को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा…

ललितपुरको बाफलमा आगलागी, पाँचजना घाइते

काठमाडौं । ललितपुरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी भएको थियो । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीनजना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए…

हरिसिद्धिमा निशुल्क आँखा तथा दन्त शिविर

ललितपुर  – ललितपुर महानगरपालिका वडा नम्बर २९ को आयोजनामा हरिसिद्धिमा निशुल्क ३ दिने आँखा शिविर तथा एक दिने दन्त शिविर भएको छ। आँखा शिविर लहान सिरहाको सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको हो भने एकदिने दन्त शिविर कुपण्डोलमा रहेको…