हात नभएको यःसिं ठड्याइयो

ललितपुर – भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा हात नभएको यःसिं ठड्याइएको छ ।  पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त यःसिकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ। प्रत्येक वर्ष चैत मसान्तका दिन…

भक्तपुरको बिस्काः जात्रामा आज यसिं ठड्याइँदै

ललितपुर – भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको चौथो दिन आज यसिं ठड्याएर जात्रा मनाइँदैछ । बिस्काः  जात्राको क्रममा भक्तपुरमा हात भएको र हात नभएको गरेर दुई वटा यःसिं ठड्याउने चलन छ । आज बिहान तालाक्वमा रहेको कुमाले टोलमा हात नभएको यःसिं…

बिस्काः जात्राका लागि रथ निर्माण अन्तिम चरणमा

काठमाडौं– भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्काः जात्रा नजिकिँदै गर्दा श्रीभैरवनाथ तथा भद्रकालीको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीब्र रूपमा…

रुद्रायणीदेवीको १२ वर्षे नाच आजदेखि काठमाण्डौंमा प्रदर्शन गरिने

काठमाण्डौ – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच आजदेखि काठमाण्डौंमा प्रदर्शन गरिने भएको छ । आज बेलुकी देवगणहरु खोकनाबाट काठमाण्डौंको पचली पुग्नेछन् भने पचली मन्दिरमा लुगा तथा मुकुट लगाएर उनीहरु बाजागाजासहित हनुमानढोका दरवारको नासल चोकमा पुग्नेछन् । हनुमान ढोका…

त्रिशक्ति भवानीको  १२ वर्षे सिद्धि दनेगु पर्वको समापन चैत १७ गते गरिने

ललितपुर/ जितेन्द्र महर्जन – ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको २०७८ सालदेखि शुरू भएको १२ वर्षे सिद्धि दनेगु  पर्वको समापन चैत १७ गते गरिने भएको छ।  बिहीवार ललितपुरमा भएको पत्रकार सम्मेलनमा चैत १७ गते शनिबार फूल्चोकी माई दर्शन तथा गोदावरी मेलासहित १२…

गुरुमापालाई भात खुवाइदैं

काठमाडौं- काठमाडौं किलाघलका स्थानीयहरुले आज बेलुकी गुरुमापालाई भात खुवाउन जाँदैछन् । आर्थिक संकटको विच पनि हरेक वर्ष होलि पुर्णिमाको रातमा काठमाडौंको टुडिखेलमा गुरुमापालाई भात दिने परम्परालाई यसपाली पनि स्थानीयबासिन्दाले निरन्तरता दिन लागेका हुन् । आज बेलुकी १० बजेतिर किलाघल टोलबाट…

हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु

ललितपुर – ललितपुरको हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु भएको छ । हरेक वर्ष होली पूर्णिमा दिन हरिसिद्धिमा भवानीको जात्रा हुने गर्दछ । आज विहान ४ बजे देवीलाई स्थानीय लाछिमा विराजमान गरेर देवी नाच शुरु भएसँगै जात्रा शुरु भएको हो ।…

आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आइतबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा…

बसन्तपुरमा चीर ठड्याएसँगै शुरु भयो होली

होली पर्वको अवसरमा आज बसन्तपुरमा बिहान चीर ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ७.४७ बजेको साइत निकालिएको हो भने उही साइत अनुसार चीरोत्थान गरिएको हो । यस चरोत्थानको क्रममा गुर्जुको पल्टन समेत उपस्थित भएको छ । चीरोत्थानको…

ललितपुरमा ३२ महाविहारका देवीदेवताको भेला

ललितपुर –  प्रत्येक पाँच वर्षमा मनाइने ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण बोकेको इतिल्हने सम्यक महादान पर्व ललितपुरमा सुरु भएको छ ।   पर्वको पहिलो दिन हिजो बेलुकी ललितपुर, काठमाण्डाै, भक्तपुर, कीर्तिपुर, चोभारका दिपङ्कर बुद्धको प्रतिमाहरुसहित, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा सबै जम्मा भएपछि बाजागाजासहित…