इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा हिजो बिहान ७ देखि…

इलाम र बझाङमा उपनिर्वाचन शुरू

काठमाडौं – इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन शुरू भएको छ। मतदान बिहान ७ बजेदेखि शुरू भएको हो भने साँझ ५ बजेसम्म चल्नेछ। निर्वाचन आयोगले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका…

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच होटल सोल्टीमा भएको भेटवार्तापछि ती सहमतिमा हस्ताक्षर भएको हो । दुई देशका प्रमुखबीचको वार्तापछि विभिन्न…

दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

काठमाडौं – कतारका राजा शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण सकेर थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…

राष्ट्रपति पाैडेल र कतारका राजा थानीबीच भेटवार्ता

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएकाे छ । उहाँहरूबीच राष्ट्रपति भवन शीतल निवासमा केहीबेरअघि भेटवार्ता भएकाे हाे । भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत…

कतारका राजा थानी आज नेपाल आउँदै

काठमाण्डौ – कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँ बेलुका बङ्गलादेशको राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाण्डौ अवतरण गर्ने तालिका छ । अमिर थानीलाई आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान

काठमाडौं– नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ । ललितपुरको गोदावरीमा आज सोमबार भएको नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा  पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको…

नागढुङ्गा सुरुङमार्ग छिचोलियो

काठमाण्डाै – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच आज सुरुङ छिचोल्ने काम भएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो । सुरुङ छिचोल्नका लागि दुई मिटर मात्र बाँकी…

हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुँदै

ललितपुर – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न…

माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाइयो

काठमाडौँ-  काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध सरकारले हटाएको छ। निषेधित क्षेत्र तोक्ने काठमाडौँ जिल्ला प्रशासनको आदेश फिर्ता लिइएको हो। प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी निषेधित क्षेत्र कायम नरहेको जानकारी दिएको छ। प्रशासनले पछिल्लोपल्ट २०८० फागुन ४…